यदि मेरी भूतपूर्व श्रीमती सहमत छिन् र आफुले अर्को विवाह गरेको छु भनी सबै प्रमाणहरू सहित सम्बन्धविच्छेदको मुद्दा दायर गर्छ भने अदालतले स्वतः सम्बन्धविच्छेद दिनेछ |

यदि मेरी भूतपूर्व श्रीमती सहमत छिन् र आफुले अर्को विवाह गरेको छु भनी सबै प्रमाणहरू सहित सम्बन्धविच्छेदको मुद्दा दायर गर्छ भने अदालतले स्वतः सम्बन्धविच्छेद दिनेछ |

हाम्रो विवाह दर्ता भएको थिएन। हामी लामो समयदेखि अलग बस्दै आएका थियौं। भर्खरै मैले थाहा पाएँ कि मेरी श्रीमतीले अर्कै पुरुषसँग विवाह गरेकी छिन् र उनीहरूको गाविसमा विवाह दर्ता पनि छ। प्रमाणको रूपमा मसँग उनीहरूको विवाहको फोटो पनि छ। के मैले अझै सम्बन्धविच्छेदको मुद्दा दायर गर्न आवश्यक छ? वा वकिल लिएर गाविस, प्रहरी चौकीमा कानुनी कागजपत्र बनाएर विवाह टुङ्ग्याउन सक्छु ।अहिले म विदेशमा छु त्यसैले सम्बन्ध विच्छेद र पावर अफ अटर्नी यी सबै प्रकृया धेरै समय लाग्ने र जटिल हुनेछ ।डिभोर्स बिना यी सबै प्रमाणले मलाई भविष्यको लागि बचाउन सक्छ कि ? अझै समस्याहरू छन्।


अर्को पक्ष यदि मेरी भूतपूर्व श्रीमती सहमत छिन् र आफुले अर्को विवाह गरेको छु भनी सबै प्रमाणहरू सहित सम्बन्धविच्छेदको मुद्दा दायर गर्छ भने यस सन्दर्भमा के अदालतलाई सम्बन्ध विच्छेदको लागि मेरो पूर्वाग्रह वा वकिलको अधिकार (पावर अफ अटर्नी) चाहिन्छ वा अदालतले स्वतः सम्बन्धविच्छेद दिनेछ |

Answer(s)

Advocate Ajay Shrestha Says:
3 years ago

पत्नीले कानून बमोजिम सम्बन्ध बिच्छेद नहुँदै अर्को विवाह गरेमा पति पत्नी बीचको वैवाहिक सम्बन्ध अन्त्य भएको मानिनेछ भन्ने कानूनी व्यवस्था छ । यस आधारमा स्थानिय निकाय, नगरपालिका, गाँउपालिकाा वा वडा कार्यालयको अधिकारक्षेत्र बमोजिम वैवाहिक सम्बन्ध अन्त्य भएको अभिलेख गराई राख्न सकिन्छ र सोही आधारमा पुनःविवाह गर्न मिल्छ । 

वा उल्लेखित कानूनी आधारमा अदालतबाट सम्बन्धविच्छेदको फैसला लिखत तयार गराई लिन मिल्छ । सम्बन्धविच्छेद गर्ने भए अधिकृत वारेसनामा चाहिन्छ । 

विस्तृत जानकारी वा परामर्शको लागि ९८४१०९५९६४ (9841095964 )मा, viber, whatsapp सम्पर्क गर्नुहोला ।


0
Helpful
0
Thanks
0
Love
0
Sad
0
Wow

Advocate Ajay Shrestha has 14 years of experience and specializes in Family and Civil .

View Lawyer Profile

Leave a Answer


You must be logged in to comment. Please click here to log in.
Browse Lawyers Alphabetically
We’re a compliant online lawyer directory, not a marketing platform for Lawyers. Lawyers can manage cases digitally, clients track status in real time secure & easy.
Chat with Us
Send us a message