सम्बन्ध विच्छेद भनेको के हो? 

सम्बन्ध विच्छेद भनेको के हो? 

सम्बन्ध विच्छेद भनेको के हो? 

सम्बन्ध विच्छेद भनेको के हो? 

सम्बन्ध विच्छेद भनेको लोग्ने र स्वास्नी बीचको वैवाहिक सम्बन्धलाई कानून बमोजिम विच्छेद गरिनु हो यसलाई अर्को भाषामा छोडपत्र वा पारपाचुके पनि भनिन्छ लोग्ने र स्वास्नी बीचको नाता कुनै  पनि परिस्थितिमा टुट्न पनि सक्दछ |

सम्बन्ध विच्छेदपछि स्वास्नी मानिसले प्राप्त गर्ने कानूनी अधिकारहरु :

लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने भएमा स्वास्नीलाई अंश भाग दिएपछि मात्रै सम्बन्ध विच्छेद गर्न सकिन्छ यसरी अंश लिई सकेपछि स्वास्नी मानिसले अर्को विवाह गरेमा अंश वापत पाएको सम्पत्ति सम्बन्ध विच्छेद गरेको लोग्नेलाई फर्काउनु पर्दैन यसरी अंश वापत प्राप्त चल अचल सम्पत्ति महिलाले आफूखुशी गर्न सक्छिन् ।
सम्बन्ध विच्छेदका निम्ति मुद्दा दर्ता गरेकी स्वास्नीलाई लोग्नेले अंश नपाउन्जेल सम्मका लागि मासिक रुपमा माना चामल खर्च भराउनु पर्दछ ।
म्बन्ध विच्छेद हुने स्वास्नी मानिसले अंश नलिई सो वापत लोग्नेसँग वार्षिक वा मासिक रुपमा खर्च भराई लिन चाहेमा लोग्नेको सम्पत्ति वा आयस्ताको आधारमा वार्षिक वा मासिक खर्च अदालतले भराई दिन सक्दछ  ।

स्वास्नी मानिसले सम्बन्ध विच्छेद कहिले गर्न सक्छिन ?

  • लोग्नेले अर्की स्वास्नीमानिससँग विवाह गरेमा, * लोग्नेले स्वास्नीलाई घरबाट खान लाउन वा बस्न नदिई घरबाट निकालेमा,
  • लोग्नेले ३ वर्ष वा सोभन्दा बढी समयसम्म स्वास्नीलाई कुनै हेरविचार वा खोज खबर नगरी अलग बसेमा,
  • यदि उसको लोग्नेले ज्यान जाने गरी अंगभंग हुने वा कुनै ठूलो शारीरिक तथा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्च गरेमा,
  • लोग्ने नपुंसक भएमा,
  • लोग्नेलाई निको नहुने गरी यौन रोग लागेमा,
  • लोग्नेले परस्त्रीसँग करणी गरेको प्रमाणित भएमा, वा लोग्नेले श्रीमतीलाई जवर्जस्ती करणी गरेको ठहरेमा, लाग्ने स्वास्नी दुवैको मंजुरीमा सम्बन्ध विच्छेद गर्न सकिन्छ

लोग्ने मानिसले कहिले सम्बन्ध विच्छेद गर्न सक्दछ ?

  • स्वास्नीले लोग्नेको मंजुरी नलिई लगातार ३ वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा,
  • स्वास्नीले लोग्नेको ज्यान मार्ने अंगभंग हुने वा कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा प्रपंच गरेमा ।

लोग्ने स्वास्नी बीचको सम्बन्ध कहिले स्वतः बदर हुन्छ ?

  • स्वास्नीले आफ्नो लोग्नेदेखि बाहेक अर्को लोग्ने मानिससँग शारीरिक सम्बन्ध राखेको प्रमाणित भएमा वा अर्कोसँग विवाह गरेमा,
  • लोग्नेदेखि बाहेक अर्को लोग्ने मानिससँग शारीरिक सम्बन्ध राखेको छु भनी स्वास्नीले आफैँ अड्डामा सावित भएमा, हाडनाता विवाह भएकोमा आफ्नो जातजाति रीतिमा छुट छ भने यस्तोमा विवाह बदर हुँदैन

सम्बन्ध विच्छेदपछि छोराछोरी कोसँग बस्न पाउँछन् ?

  • नाबालक सन्तान छ भने आमाले आफूसँग राख्न चाहेमा आमाले राख्न सक्छिन् ।
  • आमा बाबु दुवैको सहमति भएमा बालबच्चालाई संयुक्त संरक्षणमा आलोपालो गरेर राख्न पनि सक्छन् ।
  • आमाले बच्चा पालेको छ भने बाबुले खर्च व्यहोर्नु पर्दछ यदि बाबुले बच्चा पालेको छ र बाबुको आम्दानीभन्दा आमाको आम्दानी बढी छ भने सम्बन्ध विच्छेद भएकी स्वास्नीले पनि बच्चाको खर्च व्यहोर्नुपर्छ ।
  • बच्चा जसको संरक्षणमा रहने भएता पनि दुवैले (आमाबाबु) बच्चालाई भेटघाट गर्ने सुविधा पाउँदछन् ।

यदि सम्बन्ध विच्छेदपछि बच्चा जन्मेमा के हुन्छ ?

  • यदि सम्बन्ध विच्छेद भएको २७२ दिनभित्र बच्चा जन्मेमा सो बच्चा सम्बन्ध विच्छेद भएकै लोग्नेको मानिन्छ ।
  • त्यसैले याद राख्नोस् सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा महिला आफू गर्भवती भए नभएको कुरा फिरादमा उल्लेख गर्नु पर्दछ ।
  • यदि सम्बन्ध विच्छेद भएको २७२ दिनपछि बच्चा जन्मिएमा सो बच्चा अघिल्लो लोग्नेले मेरो होइन भन्छ भने निजले नै सो बच्चाको बाबु को हो भन्ने प्रमाणित गर्नु पर्दछl

सम्बन्ध विच्छेदका निम्ति उजुर गर्न कहाँ जानु पर्दछ ?

  • यदि स्वास्नीमानिसले सम्बन्ध विच्छेद गर्न चाहेमा सम्बन्धित जिल्लाको जिल्ला अदालतमा जानु पर्दछ ।
  • यदि लोग्ने मानिसले सम्बन्ध विच्छेद गर्न चाहेमा सम्बन्धित गा.वि.स. वा नगरपालिकामा निवेदन दिनु पर्दछ ।
  • यदि लोग्ने स्वास्नी दुवैको मंजुरी भई सम्बन्ध विच्छेद गर्न चाहेमा संयुक्त रुपमा दुवै जना गा.वि.स. वा नगरपालिकामा गई निवेदन दिनु पर्दछ भन्ने कानूनमा व्यवस्था भएता पनि यसलाई छिटो र छरितो बनाउन व्यवहारमा पहिला स्वास्नी मानिसले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिने गरिन्छ र भोलिपल्टै लोग्नेको तर्फबाट प्रतिउत्तर दिई तुरुन्तै दुवै पक्षलाई उपस्थित गराई दुवैको मंजुरी बुझी सम्बन्ध विच्छेद गर्ने गरिन्छ ।

यो पनि थाहा पाइराख्नोस्

  • हुन त पति पत्नीसँग आ-आफ्नो स्वनिर्णयमा सम्बन्ध विच्छेद गर्ने कानूनी अधिकार हुन्छ, तर सम्बन्ध विच्छेदपछि प्रायः स्वास्नी मानिसको सामाजिक, आर्थिक जीवन धेरै कष्टकर हुने गरेको सन्दर्भमा विवाह गर्नुभन्दा अघि नै विवाहपछि आइपर्न सक्ने समस्याहरुको भौतिक र मानसिक रुपमा सामना गर्न सक्ने भएर मात्रै विवाह गर्नु उचित हुन्छ ।
  • आफ्ना छोरीहरुलाई स्वस्थ, शिक्षित र आत्मनिर्भर बनाएर हुर्काउने दायित्व सबै अभिभावकको हुने गर्दछ । कथंकदाचित सम्बन्ध विच्छेद गर्ने अवस्था आइपरेमा पढेका र उमेर पुगेका महिला अलपत्र पर्ने अवस्था आउँदैन । त्यसैले आफ्ना छोरीहरुला राम्ररी पढाएर र उमेर पुगेर मात्रै विवाह गरिदिनु पर्दछ ।
  • कानूनले विवाह गर्न तोकेको उमेर अनुसार विवाह गर्दा आमा बाबु वा परिवारको मंजुरी भएमा दुवै केटा केटीको उमेर १८ वर्ष र आफुखुशी गर्दा दुवैको उमेर २० वर्ष पुगेको हुनु पर्दछ र कोर्ट म्यारीज गर्न २० वर्ष पुगेको हुनुपर्छ ।

Source : (USAID | The Asia Foundation)

Share:
Other Blog
Browse Lawyers Alphabetically
We’re a compliant online lawyer directory, not a marketing platform for Lawyers. Lawyers can manage cases digitally, clients track status in real time secure & easy.
Chat with Us
Send us a message