उद्योग दर्ता कहाँ र कसरी गर्ने?

उद्योग दर्ता कहाँ र कसरी गर्ने?

उद्योग दर्ता कहाँ र कसरी गर्ने?

कुनै पनि उद्योग आधिकारिक रुपमा संचालन गर्नका लागि दर्ता गराउनु पर्छ। दर्ता नगरी चलाएमा त्यसलाई गैरकानुनी मानिनेछ र कारवाहीमा पनि पर्न सकिने सम्भावना हुन्छ। तर उद्योग केकसरी कहाँ गएर दर्ता गराउने तपाईलाई थाहा छ? यसका लागि केके कागजात चाहिन्छ होला र कति दस्तुर तिर्नुपर्छ?

यो लेखमा हामीले उद्योग के कसरी र कहाँ गएर दर्ता गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिएका छौँ।

कहाँ दर्ता गर्ने?

सानो उद्योग खोल्दै हुनुहुन्छ भने घरेलु तथा साना उद्योग कार्यालयमा गएर दर्ता गराउन सकिन्छ। ठूलो उद्योग हो भने सम्बन्धित उद्योग विभागमा नै जानुपर्ने हुन्छ। ठूला उद्योग दर्ता गर्नु भन्दा अगाडी कम्पनी रजिष्ट्राको कार्यालयमा गएर कम्पनी दर्ता गर्नुपर्छ।

 घरेलु तथा साना कार्यालय देशभर नै छन्। आफूलाई नजिक पर्ने कार्यालयमा गएर दर्ता गराउन सक्नुहुन्छ।

कार्यालयको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।

के के कागजात चाहिन्छ ?

उद्योग दर्ता गराउँदा यी कागजातहरू चाहिन्छ:

  • नागरिकताको फोटोकपी
  • लालपुर्जाको फोटोकपी वा घर बहाल सम्झौता
  • बिजुली बत्ती, खाने पानी तिरेको रसिद, वित्त आदि
  • सरजमिन मुचुल्का,
  • फोटो २ प्रति
  • रु. १० को टिकट
  • राजस्व दस्तुर

नोट: सीप सिकेर सोही सीप अनुसारको उद्योग खोलेर दर्ता गराउन जाँदै हुनुहुन्छ भने रु. १०० मा नै दर्ता गर्न सकिन्छ। यसका लागि सीप सिकेको प्रमाणपत्र देखाउनु पर्छ।

कति दस्तुर लाग्छ?

दर्ता र नवीकरण दस्तुर उद्योगको लगानीको आधारमा एक हजार देखि ५० हजारसम्म लाग्छ।


About the Author
Advocate Ram Bahadur Mijar is Advocate associated with Nepal Lawyer Services and is 16+ years of experience and specializes in Divorce , Family , Property , Real Estate , Cyber Crime and Public Procurement .
Share:
Other Blog
Browse Lawyers Alphabetically
We’re a compliant online lawyer directory, not a marketing platform for Lawyers. Lawyers can manage cases digitally, clients track status in real time secure & easy.
Chat with Us
Send us a message