Hello sir
Malai jankaari chahiyako le massage gardaixu. Ma Sunsari bata ho. Mero naam Prakash Gautam ho. Mero problem yo ho : mero hajur buwa ko 2 wife . 2 wife ko 7 Jana son xan. पहिलो wife को 4 जना छोरा। 2 wife 3 जना छोरा । पहिलो wife को जेठो छोरा हाल सम्म हरायको ( सानो मा घर छोडेर गयको)
2 wife को छोरा हरुले आफ्नो अंस बिक्री गरेर धरान मा बासस्थान गरे। आहिले आयर हामीले अंस पयको छैन भनेर केश गर्न पाउछ। २०-३० बर्ष पछि यस्तो कुरा गर्न पाउछ???
Advocate Ram Bahadur Mijar Says:
हराएको ब्यक्तिको मृत्युको न्यायीक घोषणा गराउनु पर्छ । पहिले कानुनी रुपमा अंश वण्डा भएको छैन भने मुद्दा हाल्न सक्छ । विस्तृत जानकारीको लागि सधि सम्पर्क ९८४१११४४४३
Helpful
Thanks
Love
Sad
Wow
Advocate Ram Bahadur Mijar has 17 years of experience and specializes in Cyber Crime , Real Estate , Family , Property , Divorce and Public Procurement .
Advocate Chom Raj Dahal Says:
विधिवत् रुपमा अंश लिएर धरानतिर गएका हुन् र अंश बेचेर खाइसकेका र अहिले फेरि अंश माग गरेका हुन् भने अब उनीहरुले अंश पाउँदैनन्। विधिवत् रुपमा अंशबण्डा भएको छैन भने अंश माग्ने हक रहिरहेको हुन्छ र उनीहरुले अंश पाउँछन्। अब अंशबण्डा गर्दा उनीहरुको सम्पत्ति पनि अंशबण्डा प्रयोजनको लागि सगोलकै सम्पत्ति मानिन्छ र त्यसबाट तपाईंहरुले पनि अंश पाउनुहुन्छ, तपाईंहरुको पनि उनीहरुले अंश पाउँछन्। २०३४ साल पुस २७,अघिको विषय हो र आआफ्नो अंश आआफूले भोग बिक्री व्यवहार गरिआएको देखियो भने व्यवहार प्रमाणबाट अंशबण्डा भएको मानिन्छ र पुनः अंशबण्डागरिरहनु पर्दैन।
तपाईंको प्रश्नमा १ भाइ बेपत्ता भएको भनेकोमा १२ वर्षदेखि कुनै पत्तो ठेगान नलागेकोको हकमा मृत्यु भएसरहको व्यहोरा स्थानीय निकायबाट सिफारिस लिएर सम्बन्धित जिल्ला अदालतबाट प्रमाणित गराउनुपर्छ।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Chom Raj Dahal has 23 years of experience and specializes in Notary Services , Family , Property , Divorce and Civil .