Jagga ko

Jagga ko

Hello sir 

 Malai jankaari chahiyako le massage  gardaixu. Ma Sunsari bata ho. Mero naam Prakash Gautam ho. Mero problem yo ho : mero hajur buwa ko 2 wife . 2 wife ko 7 Jana son xan. पहिलो wife को 4 जना छोरा। 2 wife  3 जना छोरा । पहिलो wife को   जेठो  छोरा  हाल  सम्म  हरायको  ( सानो मा घर  छोडेर  गयको)  

2 wife  को छोरा हरुले आफ्नो  अंस बिक्री  गरेर धरान  मा बासस्थान  गरे।  आहिले आयर हामीले  अंस  पयको  छैन भनेर केश गर्न पाउछ। २०-३० बर्ष  पछि  यस्तो कुरा गर्न पाउछ???

Answer(s)

Advocate Ram Bahadur Mijar Says:
3 years ago

हराएको ब्यक्तिको मृत्युको न्यायीक घोषणा गराउनु पर्छ । पहिले कानुनी रुपमा अंश वण्डा भएको छैन भने मुद्दा हाल्न सक्छ । विस्तृत जानकारीको लागि सधि सम्पर्क ९८४१११४४४३

0
Helpful
0
Thanks
0
Love
0
Sad
0
Wow

Advocate Ram Bahadur Mijar has 16 years of experience and specializes in Divorce , Family , Property , Real Estate , Cyber Crime and Public Procurement .

View Lawyer Profile

Advocate Chom Raj Dahal Says:
3 years ago

विधिवत् रुपमा अंश लिएर धरानतिर गएका हुन् र अंश बेचेर खाइसकेका र अहिले फेरि अंश माग गरेका हुन् भने अब उनीहरुले अंश पाउँदैनन्। विधिवत् रुपमा अंशबण्डा भएको छैन भने अंश माग्ने हक रहिरहेको हुन्छ र उनीहरुले अंश पाउँछन्। अब अंशबण्डा गर्दा उनीहरुको सम्पत्ति पनि अंशबण्डा प्रयोजनको लागि सगोलकै सम्पत्ति मानिन्छ र त्यसबाट तपाईंहरुले पनि अंश पाउनुहुन्छ, तपाईंहरुको पनि उनीहरुले अंश पाउँछन्। २०३४ साल पुस २७,अघिको विषय हो र आआफ्नो अंश आआफूले भोग बिक्री व्यवहार गरिआएको देखियो भने व्यवहार प्रमाणबाट अंशबण्डा भएको मानिन्छ र पुनः अंशबण्डागरिरहनु पर्दैन।

तपाईंको प्रश्नमा १ भाइ बेपत्ता भएको भनेकोमा १२ वर्षदेखि कुनै पत्तो ठेगान नलागेकोको हकमा मृत्यु भएसरहको व्यहोरा स्थानीय निकायबाट सिफारिस लिएर सम्बन्धित जिल्ला अदालतबाट प्रमाणित गराउनुपर्छ।

0
Helpful
0
Thanks
0
Love
0
Sad
0
Wow

Advocate Chom Raj Dahal has 23 years of experience and specializes in Divorce , Notary Services , Family , Property and Civil .

View Lawyer Profile

Leave a Answer


You must be logged in to comment. Please click here to log in.
Browse Lawyers Alphabetically
We’re a compliant online lawyer directory, not a marketing platform for Lawyers. Lawyers can manage cases digitally, clients track status in real time secure & easy.
Chat with Us
Send us a message