जन्म दर्ता सम्बन्धमा ( बिदेश पोर्चुगल मा जन्मेको बच्चा )
मेरो छोराको जन्मदर्ता सम्बन्धी कानुनी परामर्श चाहन्छु। मेरो छोरा पोर्चुगलमा जन्मिएको हो। नेपालमा जन्मदर्ता दर्ता गर्न निवेदन दिएको थिएँ, ( मेरो दाजुलाई पठाको तर सम्बन्धित निकायले अस्वीकार गरेको छ। अब उक्त निर्णय, लागू हुने कानुन, र आवश्यक परे थप कानुनी प्रक्रिया बारे परामर्श चाहन्छु।
स्थानीय पञ्जिकाधिकारीले कानुनअनुसार जन्मदर्ता गर्नुपर्ने थियो कि थिएन, वा पञ्जीकरण ऐनको दफा १८(३) अनुसार ब्यवस्था छ जस्तो लाग्छ तर parents नेपाल आउनु पर्ने भनेर दर्ता अस्वीकार गरेको छ.
के वकील सहयेाग बाट दर्ता संभव छ.? सहयोग अनुरोध धन्यबाद
ध उ न पा कैलाली वार्ड २
पुर्तगाल एम्बेसी मा हाल सम्म दर्ता ब्यवस्था छैन
९३७३६४६६३ whatsapp
Nepal Lawyer Services Says:
हो, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा १८ अनुसार बाबु आमाको अनुपस्थितिमा परिवारको कुनै पनि व्यक्तिले स्थानिय पञ्जिकाधिकारीको कार्यालयमा सुचना दिन सक्ने भनेर भनिएको छ तर विदेशमा जन्म भएको बच्चाको हकमा भने प्रकृया हुन सक्छ। तपाईंले आफ्नो दाजुलाई साधारण निवेदन लिएर पठाएको अवस्थामा वडा कार्यालयले अस्वीकार गर्न सक्छ। यस्तो अवस्थामा जन्मदर्ताका लागि सम्बन्धित नेपाली दूतावासबाट प्रमाणित जन्म प्रमाणपत्र लिएर नेपाल आएको ३५ दिनभित्र आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा गई दर्ता गराउन सकिन्छ अथवा ऐन को दफा १८ को ३ बमोजिम अधिकृत वारेसनामा (power of attorney) मार्फत नेपालमा प्रक्रिया अघि बढाउन सकिने कानुनी व्यवस्था रहेको छ।
For further information please contact Nepal Lawyer Services via Whatsapp.
Helpful
Thanks
Love
Sad
Wow