‘राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका : आजको आवश्यकता’

Listen to this article

Click play to start

0:00 0:00
Speed:
‘राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका : आजको आवश्यकता’

‘राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका : आजको आवश्यकता’

‘राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका : आजको आवश्यकता’

आषाढ ४, काठमाडौं।

असंलग्न वकिल संगठनले शनिवार काठमाडौंमा आयोजना गरेको ‘न्यायपालिकासम्बन्धी समसामयिक विषयमा वकिलहरुको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा न्यायालयमा राजनीतिक हस्तक्षेप गर्न नहुने कुरा कार्यक्रमका सहभागीहरुले बताएका छन् ।  उक्त कार्यक्रममा सहभागीहरुले राजनीतिक हस्तक्षेपका कारण नै न्यायालय समस्यामा परेको बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता देवेन्द्रराज शर्माले न्याय क्षेत्रमा विकृति पुरानै रोग भएता पनि राजनीति सुध्रिए न्यायपालिकामा पनि सुधार गर्न सकिने बताउनुभयो । उहाले न्यायपरिषदको पुनर्संरचना नगरेसम्म न्यायपालिका सुधार नहुने जिकिर पनि गर्नुभयो।
  
संगठनका अध्यक्ष डा. पुण्यप्रसाद खतिवडाले संगठन स्थापना गर्नुको औचित्यमाथि प्रकाश पार्दै आफुहरु न्यायालय र बार एशोसिएसनलाई थप मजबुत बनाउन राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार उक्त संगठन दर्ता गर्न खोजिएको र यसबाट समग्र न्यायपालिकाको सुदृढीकरणमा टेवा पुग्ने भन्दै आम नागरिकको हित हुने गरी संगठन अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

संगठनका कोषाध्यक्ष अधिवक्ता शीतल सुवेदीले उक्त संगठन दर्ता प्रकृयामाथि जानकारी दिदै कानून पेशालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी विशुद्ध पेशागत संगठनका रुपमा सहकार्य गर्नका लागि आफुहरु लागिपरेको बताउनुभयो । उहाले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम संगठन दर्ता गर्न खोज्दा प्रशासनबाट अवरोध भएपछि अहिले सर्वोच्च अदालतमा उक्त अवरोधविरुद्ध रिट दर्ता भएको र आगामी दिनमा देशव्यापी रुपमा संगठन विस्तार गरिने जानकारी दिनुभयो । 

कार्यक्रममा संगठनका उपाध्यक्ष अधिवक्ता मनोहर लामिछानेले स्वागत मन्तव्य राख्दै न्यायालयसमेत भागवण्डाको अवस्थामा पुग्नु दुखद रहेको र न्यायालयमा राजनीतिक गन्ध आउन नहुने भन्दै राजनीतिमुक्त बन्नुपर्नेमा जोड दिनुभयो। 

संगठनका महासचिव दीपकविक्रम मिश्रले आफुहरुले राजनीतिकरुपमा तटस्थ रही कानूनका विद्यार्थी, नवोदित वकिलसमेत सबै कानून ब्यवसायीलाई समेटेर संगठनलाई अघि बढाउने बताउनुभयो। 

कार्यक्रमका अन्य सहभागीहरुले न्याय क्षेत्रमा राजनीतिक हस्तक्षेपकै कारणले समयमै फैसला लेखन समेतका न्याय सम्पादनका कार्य हुन नसक्दा समस्या हुने गरेको गुनासो राखेका थिए । साधारण जनताले सहजै न्याय पाउने अवस्था नरहेको बताउदै कतिपय कामलाई अस्थायी रुपमा कर्मचारी थप गरेर पनि छिटोछरितो गर्न सकिने बताए। उनीहरुले वकिलले पनि तथ्यपरक ढंगले न्याय प्रदान गर्न सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । चिठ्ठाप्रणालीजस्तै मुद्दालाई पनि नम्बर दिन सकिने बताए। न्यायपालिकामा राजनीतिक नियुक्ती हुन नहुने भन्दै उनीहरुले न्याय क्षेत्रमा विकृति विसंगति आएको बताएका थिए । न्यायालयमाथिको हस्तक्षेप मुक्त गर्नका लागि संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने पनि उनीहरुको जोड थियो ।   कार्यक्रममा सहभागीहरुले मुहान सफा नभइ पानी सफा नहुने भन्दै वकिलहरुले पनि निष्ठापूर्वक आफ्नो पेशा गर्नुपर्ने बताए।

कार्यक्रममा एक नवप्रवेशी अधिवक्ताले राजधानीमा नेपाल बार एशोसिएसनको सदस्यता लिन पनि सिन्ृिडकेट प्रणालीका कारण आफूले सदस्यता लिन नपाएको गुनासो ब्यक्त गरेका थिए भने थरीथरीका सेवाग्राहीलाई वकिलहरुले गर्ने थरीथरीको ब्यवहार त्यागी पैसा नहुनेले पनि न्याय पाउने अवस्था बनाउनुपर्ने भन्दै सुनचादी व्यवसायमा सुनको ब्यापार गरेजस्तो कानून व्यवसायमा कानूनको ब्यापार हुन नहुने कुरा औंल्याउदै न्यायपालिकाको शुद्धीकरणका लागि सबैभन्दा पहिले वकिलहरु आफैबाट सुध्रन शुरु गनुपर्ने कुरा बताए ।


About the Author
Advocate Shital Subedi is an Advocate associated with Nepal Lawyer Services with 12+ years of experience, specializing in Immigration , Family , Notary Services , Property and Landlord/Tenant .
Share:
Other Blog
Browse Lawyers Alphabetically
Chat with Us
Send us a message