मेरी श्रीमती मसँग सम्पर्कविहिन (एउटा छोरी सहित) भएको ७ वर्षपछि मैले जिल्ला अदालतमा सम्बन्धविच्ेछद गरिपाउँ भनि निवेदन दिएँ, त्यो मुद्दाको प्रतिउत्तर लगाउने क्रममा उनी विदेशमा रहेको थाहा भयो र मुद्दा नियमित चल्दै गयो, मैले सम्बन्ध विच्छेद मुद्धा हालेको करिव १० महिनापछि मेरी श्रीमतीको आमाले संरक्षक भई आफू बसिरहेको जिल्लाको अदालतमा अंश माना चामल सम्बन्धी मुद्धा दायर गरिन, सो मुद्धाको प्रत्तिउत्तर लगाई केही तारेखमा उपस्थित भइसकेपछि कोरोनाका कारण तारेखको म्याद गुज्रिन पुग्यो र पछि सम्पर्क गर्दा तारेख गुजारी सकेको हुँदा अब उप्रान्त तपाई आउनु पर्दैंन भनी मलाई मुद्धाफाँट बाट भनिएपछि म त्यसपछिका पेशीहरुमा उपस्थित भएको छैन, यद्यपि त्यो मुद्धा भन्दा १० महिना अगावै मैले मेरो जिल्लामा रहेको जिल्ला अदालतमा दायर गरेको सम्बन्धविच्छेद मुद्धाको फैसला भइसकेको छ। अंश सहित सम्बन्ध विच्छेद हुने व्यहोराको फैसला आइसकेपछि सासु आमाले हालेको अंश माना चामल मुद्धाको पछिल्लो पेशीबाट सम्पत्तिको फाँटवारी पेश गर्ने आदेश आएको छ?
यो अवस्थामा के गर्नुपर्छ? अंशसहित एउटा अदालतले सम्बन्ध विच्छेदको फैसला गरिसकेपछि उस्तै प्रकृतिको अंश मानाचामल मुद्धा खारेज गराउन सकिने कुनै व्यवस्था छ की?
Advocate Ram Bahadur Mijar Says:
दोहोरो मुद्दा परेको अवस्थामा पहिलो मुद्दा कायम गर्ने कानुनी ब्यवस्था छ । साथै एकातिरको मुद्दा फैसला भईसकेको हो भने सो जनाउ दिई पछिल्लो मुद्दा मुल्तवी वा तामेलीमा राख्न सकिन्छ । फैसला उपर पुनरावेदन गर्न र फैसला कार्यान्वयनमा गएर पनि समाधान निस्कीन्छ । मानाचामलको सन्दर्भमा फैसला कार्यान्वयन नहुदासम्म दिनु पर्ने हुन्छ ।
सम्पर्कको लागि ९८४१११४४४३
Helpful
Thanks
Love
Sad
Wow
Advocate Ram Bahadur Mijar has 17 years of experience and specializes in Divorce , Family , Property , Public Procurement , Real Estate and Cyber Crime .
Advocate Ajay Shrestha Says:
We need know some facts from you so please contact us in my number +977-9841095964 (Whatsapp/Viber).
Helpful
Thanks
Love
Sad
Wow
Advocate Ajay Shrestha has 15 years of experience and specializes in Civil and Family .
Advocate Shital Subedi Says:
तपाईंले पहिले नै सम्बन्ध विच्छेदको मुद्दा दायर गरिसक्नुभएको थियो भने सो कुराको जानकारी प्रतिउत्तर लगाउँदा किन गराउनुभएन? प्रतिउत्तर फिराउँदा सो कुरा उल्लेख गरेको भए दोहोरो मुद्दा पर्ने हुदैनथ्यो। यता आफूले पहिल्यै मुद्दा दायर गरिसकेको ब्यक्तिले सो कुराको जिकिर नलिनु अचम्म लाग्दो भयो।
Helpful
Thanks
Love
Sad
Wow
Advocate Shital Subedi has 12 years of experience and specializes in Immigration , Family , Notary Services , Property and Landlord/Tenant .