Happy New Year 2081! Wishing you a year filled with new hopes, new aspirations, and new achievements.

जवर्जस्ती करणी भनेको के हो?

जवर्जस्ती करणी भनेको के हो?

जवर्जस्ती करणी भनेको के हो?

जवर्जस्ती करणी भनेको के हो?

कुनै पनि लोग्ने मानिसले आफ्नो यौन ईच्छा पूरा गर्न नाबालिकाको हकमा मंजुरी लिई वा मंजुरी नलिई र उमेर पुगेका महिलाको मंजुरी नलिई, डर, धाक धम्की जवर्जस्तीसँग अनुचित यौन कार्य गरेमा त्यसलाई जवर्जस्ती करणी भनिन्छ साधारण बोलचालको भाषामा यसलाई बलात्कार भनिन्छ ।

निम्न अवस्थाहरूमा महिलामाथि जवर्जस्ती यौन सम्बन्ध राखेमा त्यसलाई जवर्जस्ती करणी भएको मानिन्छ :

  • नाबालिक बालिकालाई निजको मंजरी लिएर यौन कार्य गरेको भएता पनि त्यसलाई जवर्जस्ती करणी गरेको ठहर्छ ।
  • सधवा वा विधवा महिलालाई निजको मंजुरी नलिई जवर्जस्ती यौन कार्य गरेमा त्यसलाई जवर्जस्ती करणी गरेको ठहर्छ ।
  • होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जरी मानिने छैन
  • योनीमा लिंग केहीमात्र प्रवेश भएको रहेछ भने पनि यसलाई जबर्जस्ती करणी गरेको मानिने छ ।
  • डर, धाक धम्की वा जोरजुलुम गरी अनुचित प्रभावमा पारि मंजुरी लिएर करणी गरेको रहेछ भने पनि जवर्जस्ती करणी गरेको ठहर्छ ।

जबर्जस्ती करणी गर्नेलाई कस्तो सजायँको व्यवस्था गरिएको छ ?

  • १० वर्षभन्दा कम उमेरका बालिकालाई जबर्जस्ती करणी गरेमा त्यस लोग्ने मानिसलाई १० वर्षदेखि १५ वर्षसम्म कैद सजायँ हुन्छ ।
  • १० वर्ष वा सोभन्दा माथि तर १४ बर्षभन्दा कम उमेरकी बालिकालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मानिसलाई ८ वर्षदेखि १२ वर्षसम्म कैद सजायँ हुन्छ ।
  • १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरकी बालिकालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मान्छेलाई ६ बर्षदेखि १० बर्षसम्म कैद सजायँ हुन्छ ।
  • १६ बर्षभन्दा बढी र २० बर्षभन्दा कम उमेरकी महिलालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मान्छेलाई ५ बर्षदेखि ८ बर्षसम्म कैद सजायँ हन्छ ।
  • २० बर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्नेमान्छेलाई ५ बर्षदेखि ७ बर्षसम्म कैद सजाय हुन्छ ।
  • सामूहिक जवर्जस्ती करणी गरेमा, गर्भवती महिला, असक्त वा अपांङ्ग महिलालाई जवर्जस्ती करणी गरेमा माथि उल्लेखित उमेर अनुसारको सजायँमा थप ५ वर्ष कैद सजायँ हुन्छ ।
  • कसैले कुनै नाबालकसँग अप्राकृतिक यौन मैथुन गरेमा जवर्जस्ती करणी गरे सरह मानेर जवर्जस्ती करणीमा उमेर अनुसार हुने सजायँमा थप १ वर्ष सजायँ हुन्छ यसका साथै यस्तो अपराधबाट पीडित नाबालकको उमेर र परेको मर्कालाई विचार गरी अदालतले अपराधीबाट क्षतिपूर्ति भराई दिन्छ  ।
  • आफूलाई मानवरोग प्रतिरोधक क्षमता नष्ट गर्ने जिवाणु (एच.आई.भी. पोजेटिभ) को रोग भएको थाहा पाउँदा पाउँदै कसैले जर्वजस्ती करणी गरेको रहेछ भने त्यस्तो कसुरदारलाई माथि उल्लेख भएको सजाँयमा थप १ बर्ष कैद सजायँ हुन्छ ।
  • लोग्नेले स्वास्नीलाई जवर्जस्ती करणी गरेमा ३ महिनादेखि ६ महिनासम्म कैद सजायँ हुन्छ ।
  • जवर्जस्ती करणी गरेको प्रमाणित भएमा करणी गर्ने लोग्ने मानिसलाई कैद सजायँ, जरिवाना तथा निजको सम्पत्तिबाट आधा सम्पत्ति क्षतिपूर्ति स्वरुप पीडित महिलाले प्राप्त गर्दछ ।
  • कैद वा थुनामा रहेकी कुनै महिलालाई सरकारी कर्मचारीले करणी गरेमा वा करणी गर्न अरु कसैलाई संयोग पारी, मिलाई दिई करणी गराएमा,
    • चिकित्सा सेवा उपलब्ध गराउने चिकित्सक वा स्वास्थ्यकर्मीले त्यस्तो सेवा प्राप्त गर्न आएकी कुनै महिलालाई सो सेवा उपलब्ध गराउँदा वा गराउने स्थानमा करणी गरेमा,
    • आफूले संरक्षण दिएकी वा आफ्नो हेरविचारमा रहेकी कुनै महिलालाई त्यसरी संरक्षण दिने वा हेरविचार गर्ने व्यक्तिले करणी गरेमा,
    • होस ठेगानमा नरहेकी वा शारिरीक वा मानसिक रोग लागी उपचार वा पुर्नस्थापना गर्न राखिएकी कुनै महिलालाई त्यस्तो उपचार वा पुर्नस्थापना गर्ने संस्थाका पदाधिकारी वा कर्मचारीले करणी गरेमा,

यस प्रकारको अपराध गर्नेलाई १ बर्षदेखि ३ बर्षसम्म कैद हुनेछ त्यस्तो कार्य गर्दा यस ऐन वा अन्य कानून अनुसार पनि सजायँ हुने रहेछ भने सो सजायँ समेत थप हुनेछ ।

मतियारलाई पनि सजायको व्यवस्था :

जवर्जस्ती करणी गर्ने कुरा थाहा पाई हूल गरी जाने, समाउने र सो काममा मद्दत दिनेलाई जनही तीन वर्ष कैद सजायँ र पीडित १६ वर्षमुनीको रहेछ भने दोब्बर सजायँ हुन्छ ।

  • कसैले कनै महिलालाई जवर्जस्ती करणी गरेमा अदालतले त्यस्ती महिलालाई भएको शारिरीक वा मानसिक क्षति विचार गरी मनासिव ठहराए बमोजिमको क्षतिपूर्ति कसुरदारबाट भराई दिनु पर्नेछ त्यस्तो क्षतिपूर्ति निर्धारण गर्दा कसुरको गाम्भीर्यता, कसुरबाट पीडित व्यक्तिको मत्य भईसकेको रहेछ भने निजमा आश्रित नाबालक छोरा छोरी भए निजहरुलाई पर्न गएको पीडा समेत विचार गरी निर्धारण गर्नु पर्नेछ ।
  • यस्तो मुद्दाको फैसला गर्दा जवर्जस्ती करणी ठहर गरेकोमा सोहि फैसलामा यस महल बमोजिम कसुरदारबाट भराई दिनुपर्ने क्षतिपूर्ति समेत उल्लेख गरी सम्बन्धित महिलालाई भराई दिनु पर्नेछ क्षतिपूर्ति भराउने प्रयोजनका लागि यस अन्र्न्तगतको मुद्दा दायर भए लगत्तै अदालतले आरोपित व्यक्तिको अंश लगायतका अन्य सम्पत्ति रोक्का राख्नु पर्नेछ ।

आफनो हाडनाताभित्र करणी गरेमा के हुन्छ ?

आफनो हाडनाताभित्र करणी गरेमा नाता अनुसार २० वर्षसम्म कैद र रु १०,०००/- सम्म जरिवाना हुन्छ ।

जबर्जस्ती करणी गर्ने व्यक्तिलाई पीडित महिलाले मारेमा के हुन्छ ?

यदि कुनै पनि महिलाले आफुलाई जवर्जस्ती करणी गरेकै कारणले करणी गरेको १ घण्टाभित्रमा करणी गर्ने व्यक्तिलाई मारेमा निज महिलालाई सजायँ हुँदैन तर १ घण्टापछि मारेमा निज पीडित महिलालाई १० वर्षसम्म कैद र रु ५०००/- सम्म जरिवाना हुन्छ ।

अदालती कार्यवाही सम्बन्धमा कानूनले विशेष व्यवस्था गरेकोछ :

  • यौन सम्बन्धी अपराधमा बन्द इजलासको व्यवस्था :-
    नसँग सम्बन्धित अपराधको मुद्दाको सुनुवाईमा मुद्दासँग सम्बन्धित कानून व्यवसायी, अभियुक्त, पीडित र निजको संरक्षक, अड्डाले अनुमति दिएको प्रहरी र अदालतका सम्बन्धित कर्मचारीमात्र मुद्दाको कारवाही भइरहेको इजलासमा उपस्थित हुन सक्दछन् ।
  • पीडितको बयानमा विशेष व्यवस्था :-
    जवर्जस्ती करणी मुद्दामा पीडितको बयान गराउँदा महिला कर्मचारी नभएमा समाजसेवी महिलाको रोहबरमा अन्य कर्मचारीले बयान गराउनु पर्दछ ।

जवर्जस्ती करणीमा कहाँ उजुरी गर्नुपर्दछ ?

यदि कसैलाई जवर्जस्ती करणी बलात्कार गरेमा जबर्जस्ती करणी हुनासाथ वा भएको थाहा पाउनासाथ तुरुन्तै नजिकैको प्रहरी चौकीमा लिखित वा मौखिक उजुरी गर्नुपर्दछ ।

जवर्जस्ती करणीमा कहिले उजुरी गर्नुपर्दछ ?

सकेसम्म तुरुन्तै उजुरी गर्नुपर्दछ नभएमा जवर्जस्ती करणी भएको ३५ दिनभित्रमा उजुरी दिइसक्नु पर्दछ, नत्रभने उजुरी लाग्दैन ।

 

जवर्जस्ती करणीमा कसले उजुरी गर्न सक्दछ ?

जवर्जस्ती करणीमा पीडित आफैँले वा पीडितको परिवार, आफन्त वा जोसुकैले उजुरी दिन सक्दछ ।

जवर्जस्ती करणी भएमा तुरुन्तै के गर्नु पर्दछ ?

  • बलात्कार हुँदा लगाएको लुगा, कट्टु र यौन अंग नधुने, धोएमा प्रमाणहरु नष्ट हुन्छन् । उक्त कपडाहरु खोलेर सुरक्षित राख्ने ।
  • तुरुन्तै नजिकको प्रहरी चौकी, महिला सेलमा गएर लिखित वा मौखिक जाहेरी दरखास्त दिने।
  • प्रहरीलाई लिएर तुरुन्तै डाक्टरी परीक्षणका निम्ति अस्पताल जाने, जबर्जस्ती करणी हुँदा लगाएका कपडा समेत जाँच गराउने, बलात्कारमा डाक्टरी रिपोर्ट महत्वपूर्ण हुन्छ ।

जवर्जस्ती करणीका निम्ति सावधानीका के कस्ता उपायहरू अपनाउनु पर्दछ ?

  • अति घनिष्ठ पुरुषसँगको मैत्री सम्बन्धबाट होशियार रहनुहोस् ।
  • आफ्नो व्यक्तिगत विवरण जस्तै नाम, ठेगाना, अपरिचित व्यक्तिहरु विशेष गरी ब्लफ कल गर्नेहरुलाई नदिनुहोस् ।
  • अन्धकारमय क्षेत्रमा हिंड्दा होशियार भई हिंड्नोस्, सकेसम्म एक्लै नहिंड्नोस् ।
  • जोसुकैले दिएको खानेकुरा नखानोस् वा पेय पदार्थ नपिउनोस् र उपहार नलिनोस् ।
  • पुरुष साथीले घुम्न जाऊँ भन्दैमा जताततै एक्लै घुम्न नजानोस् ।

 

यो पनि थाहा पाइराख्नोस्

  • धेरैजसो बालबालिका र किशोर किशोरीहरुमाथि यौन शोषण गर्ने व्यक्ति प्रायः आफ्नै नजिक सम्बन्धका व्यक्तिहरु हुने गर्छन् ।
  • आफूमाथि कसैले यौन शोषण गरिरहेको छ भने त्यो कुरा लुकाउनु हुँदैन । आफ्नो विश्वासका साथी अथवा अभिभावकलाई भनिहाल्नु पर्दछ ।\
  • कसैले बलात्कार गर्न लागेमा कराएर हल्ला गरेर अरुको ध्यान आकर्षण गरिहाल्नु पर्दछ ।
  • बलात्कारबाट पीडित महिलालाई सकारात्मक सहयोग गरौं र बलात्कारीलाई सजायँ दिलाउने हिम्मत गरौ ।

Source : (USAID | The Asia Foundation

Share:
Other Blog
Browse Lawyers Alphabetically
Now you can manage your case in one place and get update about your case in real time.