नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२५ चैत, काठमाडौं । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्रलाई यथास्थितिमा राख्न आदेश दिएको हो ।

गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

त्यसअनुसार जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता पनि वितरण गर्न थालेका थिए ।

तर गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पत्र यथास्थितिमा राख्न र मुद्दाका पक्ष र विपक्षलाई वैशाख ३ गते छलफलका लागि बोलाएको छ ।

Read more >>

Source:

https://www.onlinekhabar.com/2019/04/756569

Share:
Browse Lawyers Alphabetically
We’re a compliant online lawyer directory, not a marketing platform for Lawyers. Lawyers can manage cases digitally, clients track status in real time secure & easy.
Chat with Us
Send us a message